
जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन घोषणा गरेको छ।
पार्टीका राष्ट्रिय सचिव बिपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेअनुसार अधिवेशन तालिका सार्वजनिक गरिएको हो।
अधिवेशन तालिकाअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ। जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँदै छ। सचिव साहका अनुसार वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशनको घोषणा गरिएको छ।
०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशनहरूको कार्यक्रम रहेको उनले जानकारी दिए। डा. सिके राउतको नेतृत्वमा जनमत पार्टी स्थापना भएपछि पार्टीले दोस्रो अधिवेशन गर्न लागेको हो।
अधिवेशनपश्चात् पार्टी थप बलियो भएर जाने विश्वास लिइएको उनको भनाइ छ।