Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १५ शुक्रबार o९:o३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o९:o३:oo

रास्वपाले आफूलाई ‘बहुलवादी लोकतान्त्रिक’ पार्टी भनेको छ । उनीहरूले अँगालेको यो विचार ‘नयाँ’ हो ? 
विचारका हिसाबले त यो विश्व र नेपालमै पनि अभ्यासमा रहेकै विचार हो । लिबरल डेमोक्रेसीलाई मान्ने दल नेपालमा कांग्रेसलगायत अरू पनि छन् । तर, उनीहरूले सैद्धान्तिक अस्पष्टतालाई चिरेर आफूमाथि लाग्दै आएको लोकप्रियतावादीको आरोपलाई भने खारेज गरिदिएका छन् । हाम्रो वैचारिक धार पनि छ भनेर स्पष्ट पारेका छन् । उनीहरू नयाँ अठोट लिएर आएका ‘नयाँ’ मान्छे भने हुन् । उनीहरूले हामी ‘डेलिभरी’मा विश्वास गर्छाैँ  भनेका छन् । 

संघीयताबारे उनीहरूको अडानलाई कसरी हेर्नुभएको छ ? 
उनीहरूले संघीयतालाई नकारेका छैनन् । उनीहरूले पहिलेदेखि नै ‘रेट्रोफिटिङ’को कुरा गरिरहेका थिए । रास्वपाको जोड संघीयतालाई डेलिभरी गर्न सक्ने गरी चुस्त बनाउनुपर्नेमा भएको देखेको छु । अन्य दलले जसरी प्रदेशलाई दोस्रो, तेस्रो तहका नेता, कार्यकर्तालाई थन्क्याउने स्थानका रूपमा प्रयोग गरेका छन् त्यसरी हुदैन, चुस्त बनाउनुपर्छ भन्नेमा उनीहरूको जोड देखिन्छ । यो गभर्नर सिस्टममा जाने पनि हुन सक्छ । उनीहरूको भनाइलाई प्रदेश खारेज वा नमान्ने अर्थमा बुझेको छैन । यसैमा सुधार खोजेको रूपमा बुझेको छु । 

रास्वपाले आफ्नो राजनीतिक कित्ता स्पष्ट पार्दा कस्तो सन्देश गएको छ ? 
रास्वपाले आफ्नो विचारलाई स्पष्ट पार्ने काम एकदमै सही र महत्वपूर्ण समयमा गरेको ठानेको छु । परिवर्तनका विरोधी शक्तिहरू चलमलाउँदै बाहिर आउन थालेका वेला रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन अपनाउने, उदार अर्थतन्त्र अँगाल्ने विचार अघि सारेर आफूहरूलाई परिवर्तनकै पक्षधरका रूपमा उभ्याएका छन् । यो टाइमिङ एकदमै महत्वपूर्ण छ । यसले परिवर्तनका उपलब्धिको रक्षा गरेर अघि बढ्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ । उनीहरूले सीधै नभने पनि हामी पश्चगामी होइनाैँ पनि भन्न खोजेका छन् ।