Skip This
त्रिवेणी गाउँपालिकाका ६४ परिवारले पहिलो किस्ता पाए 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर १४ बिहीबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवेणी गाउँपालिकाका ६४ परिवारले पहिलो किस्ता पाए 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o९:४२:oo

त्रिवणी गाउँपालिकाका भूकम्प प्रभावितले पहिलो किस्ताबापतको रकम पाएका छन् । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट पहिलो किस्ताबापतको रकम आएका पालिकाका सबै ६४ परिवारलाई बुधबार पहिलो किस्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । सबै लाभग्राहीको बैंक खातामा पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ राखिएको उनको भनाइ छ । 

वडा नम्बर ७, ८ र १० का ६४ लाभग्राहीले जिल्लामा सबैभन्दा पहिला अस्थायी आवासका लागि पहिलो किस्ता प्राप्त गरेका छन् । अस्थायी आवासका लागि रकम पाएपछि त्रिवेणी गाउँपालिका– १० का कृष्णबहादुर ओलीले अब तुरुन्तै बैंकबाट पैसा निकालेर अस्थायी आवास निर्माण गर्ने बताए । 

आठबिसकोट र सानीभेरी गाउँपालिकाले पनि बिहीबारबाटै लाभग्राहीलाई अनुदान उपलब्ध गराउने बताएका छन् । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले बैंक खाता भएका लाभग्राहीलाई खातामा र नभएकालाई नगद उपलब्ध गराउने बताए । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले पनि बिहीबारै सबै लाभग्राहीले पहिलो किस्ता पाउने जानकारी दिए । अन्य लाभग्राही कायम गर्ने काम भइरहेको स्थानीय तहहरूले जनाएका छन् । एकैचोटि गर्दा ढिलो हुने भएकाले आवश्यक प्रक्रिया पुगेकालाई जिल्लामा पठाउने गरेको र अन्यको प्रक्रिया पु¥याउने काम भइरहेको छ । रुकुम पश्चिममा पूर्ण र आंशिक गरी ३६ हजारभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।

भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि रुकुम पश्चिममा धमाधम पहिलो किस्ता निकासा भइरहेको छ । स्थानीय तहबाट निर्णय भई आएका लाभग्राहीका लागि जिल्ला विपत् जोखिम न्यूनीकरण कोषबाट मंगलबार र बुधबार दुई करोड ५३ लाख ५० हजार रुपैयाँ स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको खातामा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।