Skip This
मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १२ मंगलबार o९:४५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार o९:४५:oo

मिनरल वाटरको बोतलमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले पानी उत्पादन गर्ने कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । प्रहरी वृत्त महाराजगन्जको क्यान्टिनमा ल्याइएको मिनरल वाटरको बोतलभित्र किरा भेटिएपछि प्रहरीले आइतबार पानी कम्पनीविरुद्ध महानगरमा उजुरी दिएको थियो ।

उक्त पानी ए एन्ड बी वेभरेज प्रालिले उत्पादन गरेको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खानेपानीमा किरा भेटिएपछि उजुरी परेकाले कम्पनीका व्यक्तिलाई बोलाएर सम्झाइबुझाई गरिएको र जरिवाना तिराइएको जानकारी दिए । यस्तै जथाभावी पोस्टर टाँसेको भन्दै पाइलन एकेडेमीलाई पनि महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको छ ।