मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तरसीमा भलिबल प्रतियाेगितामा नेपालकाे एपिएफ टोली विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

अन्तरसीमा भलिबल प्रतियाेगितामा नेपालकाे एपिएफ टोली विजयी भएकाे छ। सशस्त्र प्रहरी बल नेपाल, नं. ९ गण हेडक्वार्टर जलसागरले भारतको सुरसण्ड थानास्थित भिठामोडस्थित सशस्त्र सीमा बल ५१औँ बटालियन सीतामढी २ को आयोजनामा भएको खेलमा नेपालकाे एपिएफ टोलीले जित हात पारेको हो। 

एपिएफको नं. ९ हेडक्वार्टरले उक्त खेलमा सर्लाहीकाे  सशस्त्र प्रहरी बल नेपाल नं. १० गणलाई पराजित गर्दै जित हात पारेकाे हाे। भारतीय टिमहरू सेमिफाइनल खेलबाटै आउट भएका थिए। भलिबलमा बेस्ट अफ थ्री म्याचकाे पहिलो सेट सर्लाहीले जिते पनि पछिल्लो दुई सेट महोत्तरीले जितेकाे हाे। 

सामाजिक चेतना अभियानअन्तर्गत भारतीय सशस्त्र प्रहरीका सहिद सहायक सेनानायक किशोर कुनालको स्मृतिमा किशोर कुनाल स्मृति भलिबल टुर्नामेन्टको आयोजना गरिएको हाे। 

उक्त टुर्नामेन्टमा सशस्त्र प्रहरी बल महोत्तरी, सशस्त्र प्रहरी बल सर्लाही, नेहरू युवा केन्द्र, बिहार पुलिस,आजाद क्लब भिठामोड र सशस्त्र सीमा बल (एसएसबी) ५१औँ बटालियनको सहभागिता थियो।

उक्त खेलको सेमिफाइनलमा भारतस्थित सोनवरसाको टिमसँग एपिएफ सर्लाही र सुरसन्डको टिमसँग एपिएफ महोत्तरीले जित हात पारी फाइनलमा प्रवेश पाएका थिए।

सशस्त्र सीमा बल ५१औँ बटालियनका कार्यवाहक कमान्डेन्ट एनजी सुनीलकुमार सिंहको अध्यक्षतामा भएको फाइनल खेलमा विजेता तथा उपविजेता टिमलाई सुरसन्ड विधानसभाका विधायक दिलीप रायले सिल्ड तथा तक्मा प्रदान गरे। 

सोही टुर्नामेन्टमा सुरसन्डका नगरपञ्चायत अध्यक्ष पप्पु चौधरी, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टरका गणपति एसपी लेखनाथ खनाल, सुरसन्डका चिकित्सा प्रभारी हरिनारायण सिंह, सुरसन्डका थाना प्रभारी राजकिशोर सिंहलगायतका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।