१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
हाफ म्याराथनमा लगातार तेस्रोपटक उपाधि जितेकी सन्तोषी श्रेष्ठ (बायाँ) र म्याराथनका विजेता गोपीचन्द्र पार्की
२o८१ बैशाख १९ बुधबार o८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गोपी र सन्तोषीले जिते नेपालगन्ज म्याराथन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१९:oo

नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नवौँ नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । पुरुषतर्फ गोपी लगातार दोस्रो र महिलामा सन्तोषी तेस्रोपटक च्याम्पियन बनेका हुन् । नेपालगन्जमा शनिबार भएको म्याराथनमा गोपीले आर्मीका खडकबहादुर खड्कालाई हराउँदै उपाधि हात पारे । गोपीले निर्धारित दूरी दुई घन्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरे । खडकले निर्धारित दूरी दुई घन्टा २२ मिनेट नौ सेकेन्डमा पूरा गरेका थिए । 

गत वर्ष दुई घन्टा २० मिनेट २८ सेकेन्डका साथ खड्काले आठौँ संस्करणको उपाधि जितेका थिए । महिलातर्फ हाफ म्याराथनको उपाधिमाथि जित्ने क्रममा सन्तोषीले निर्धारित दूरी एक घन्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । दोस्रो स्थानमा रहेकी फुलमती रानाले एक घन्टा २१ मिनेट नौ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । महिलातर्फ पुष्पा भण्डारी एक घन्टा २३ मिनेट ३५ सेकेन्डका साथ तेस्रो भइन् । 

पुरुषतर्फ सन्तोष विक्रम विष्टले निर्धारित दूरी दुई घन्टा ३० मिनेट १८ सेकेन्डमा पूरा गर्र्दै चौथो भए । म्याराथन विजेता गोपीले दुई लाख रुपैयाँ पाए । महिलातर्फकी विजेता सन्तोषीले ७५ हजार रुपैयाँ पाइन् । पुरुषतर्फ दोस्रो हुनेले खडकले एक लाख र तेस्रो भएका किरणले ५० हजार रुपैयाँ जितेका छन् । महिलातर्फ दोस्रो भएकी फुलमतीले ५० हजार र तेस्रो स्थान प्राप्त गरेकी पुष्पाले २५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । 

१० किमिमा दुर्गा पहिलो
प्रतियोतिगाअन्तर्गत १० किलोमिटर पुरुषमा दुर्गा बुढाले ३१ मिनेट १५:३६ सेकेन्डका साथ पहिलो भएका छन् । नरेन्द्रसिंह राउत ३१ मिनेट २४:३२ सेकेन्डका साथ दोस्रो तथा धर्म महर्जनले ३४ मिनेट ११:१८ सेकेन्डमा पूरा गर्दै तेस्रो भएका छन् । महिलातर्फ १० किलोमिटर राममाया बुढाले उपाधि हात पारेकी छिन् । उनले ३७ मिनेट ४९:७७ सेकेन्डमा दौड पूरा गरिन् । आशा रावत ३९ मिनेट ५४ मिनेट २७ सेकेन्डका साथ उपविजेता भइन् । यस विधाको महिला र पुरुषतर्फ दुवैका विजेताले जनही ३० हजार रुपैयाँ पाएका छन् । उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् । 

पाँच किमिमा बोहरा च्याम्पियन
प्रतियोगिताको पाँच किलोमिटर स्कुल पुरुषतर्फ दीपेन्द्र बोहरा पहिलो भएका छन् । अजय राना दोस्रो र सरोज सिंह तेस्रो भए । यसै विधाको स्कुल महिलामा कल्पना बुढा पहिलो भइन् । विमला कार्की दोस्रो र मोतिकला डाँगी तेस्रो बनिन् । पाँच किलोमिटर कर्पेटतर्फ योगेश मल्लले उपाधि हात पारे । ह्विलचियरतर्फ यज्ञबहादुर खत्री पहिलो भएका छन् । 

ad
ad