Skip This
उदयपुर स्कुल बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ९ शनिबार १८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुर स्कुल बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १८:१४:oo

उदयपुरमा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

ज्यान गुमाउनेमा दुई बालबालिकासहित गाडीचालक रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए।

त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थीलाई पिकनिक लगेर फर्कँदै गरेको प्र१ ०५००१ ख ००४४ नम्बरको बस मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरगढी गाउँपालिका– ७ अँधेरीको जोगीटोलमा शनिबार दुर्घटनामा परेको थियो।

प्रनाउ चौधरीका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ६ की वर्ष ७ की सोमिया चौधरी, वर्ष ११ का विकास चौधरी र चालक ४० वर्षे भिखन चौधरी रहेका छन्।

घाइते ३९ जनामध्ये १२ जनालाई थप उपचारका लागि जिल्लाबाहिरको अस्पतालमा पठाएको र बाँकी २७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रनाउ चौधरीले बताए। उनले भने, ‘दुर्घटनामा सामान्य घाइते भएकाको जिल्ला अस्पतालमै उपचार भएको छ, गम्भीर घाइतेलाई जिल्लाबाहिर पठाइएको छ।’

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको भनाइ छ। आज स्कुल बस दुर्घटना भएको ठाउँमा दसैँ र तिहारको बीचमा एउटा हायस र एउटा मालबाहक ट्रक पनि दुर्घटनामा परेका थिए।