मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Friday, 28 August, 2026
२o८o मङ्सिर ९ शनिबार १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ३९ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १४:४२:oo

उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र१ ०५००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा चालक भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिन्नद चौधरीले बताए।

चौधरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। उनले भने, ‘मृतक बसचालक र घाइतेको विवरण संकलन भइरहेको छ, हामीले दुर्घटनाग्रस्त स्थानबाट उद्धार गरी ल्याएका छौँ।’

प्रनाउ चौधरीले थप विवरण संकलन भइरहेकाले हालसम्म एकजनाको मात्र मृत्यु पुष्टि भएको बताउँदै भने, ‘बस के कति कारणले दुर्घटना भयो? त्यसको अनुसन्धान सुरु भएको छ।’