१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डका स्टोक्सले २०२४ को आइपिएल नखेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४३:oo

इंग्ल्यान्डका अलराउन्डर वेन स्टोक्सले सन् २०२४ को इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । उनी आबद्ध चेन्नई सुपर किंग्सले स्टोक्स यसपटक सहभागी नहुने जनाएको छ । फिटनेसको समस्याका कारण उनले आइपिएलमा सहभागिता नजनाउने चेन्नईले जनाएको छ ।

गत वर्षको आइपिएलमा चेन्नईले उनलाई १६ करोड २५ लाख भारुमा किनेको थियो । गत सिजनमा उनले दुई खेलमा मात्र सहभागिता जनाएका थिए । धेरैजसो समय फिटनेसमा समस्या भएपछि स्टोक्स आइपिएल छाडेर घर फर्किएका थिए । 

यता इंग्ल्यान्डले भारतविरुद्धका आसन्न टेस्ट सिरिजका लागि खेलाडीलाई केन्द्रित हुन निर्देशन दिएको छ । इंग्ल्यान्डका टेस्ट कप्तान तथा अलराउन्डरसमेत रहेका स्टोक्सले पाँच टेस्ट सिरिजमा केन्द्रित हुन आवश्यक भएको बताएका छन् । सन् २०२४ को जनवरीमा भारत र इंग्ल्यान्डबीच पाँच खेलको टेस्ट सिरिज हुनेछ । 

गत सिजन आइपिएलमा १५ रन मात्र
सन् २०२३ को आइपिएल सिजनमा चेन्नईले स्टोक्सलाई महँगो रकममा खर्चिंदै भित्र्याएको थियो । चेन्नईले अलराउन्डर पक्ष बलियो बनाउन उनलाई भित्र्याएको थियो । त्यसवेला उनी उत्कृष्ट फर्ममा थिए । तर, आइपिएल सुरु हुँदा उनी चोटग्रस्त भए । यसको प्रभाव आइपिएलको खेलमा देखियो । उनले केवल दुई खेल मात्र खेले । समग्रमा उनले १५ रन मात्र जोडे । 

ad
ad