१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Sunday, 11 May, 2025
दीपेश पछाई लुम्बिनी
२o८o मङ्सिर ८ शुक्रबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम तयारी

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १२:५६:oo

गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी अन्तिम अवस्थामा पुगेको छ।

नेपाल सरकारले विश्वको ठूलो खुला संग्रहालय दाबी गरेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम तयारीको लागि शुक्रबार तिलौराकोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, प्रोफेसर रोब्लन कोनिंघम, कोषप्रसाद आचार्य, नेपाल सरकारका सचिवसहितको अन्य अधिकारीहरूले तिलौराकोट दरबार क्षेत्रको भ्रमण गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने बताए।

तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रासाद रहेको पुरातात्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भएअनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने अन्तिम चरणमा रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बताए।

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकताअनुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो।