१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर ८ शुक्रबार १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी मुद्दाका फरार प्रतिवादी खैरो हिरोइनसहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १२:१२:oo

प्रहरीले विद्युतीय मोटर चोरी मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नरहा गाउँपालिका– ३ नयाँ चोहर्वामा पानी तान्ने विद्युतीय मोटर चोरी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका गोलबजार नगरपालिका– ९ डण्डा घर रहेका करिब ३० वर्षीय श्रीदेव यादवलाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले यादवलाई नरहा गाउँपालिका– ३ बाट नौ सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । 
उनका अनुसार विद्युतीय पानी तान्ने मोटर चोरी मुद्दामा सिराहा जिल्ला अदालतबाट १ मंसिरमा पक्राउ पूर्जी जारी गरिएका यादव फरार रहेकाले खोजी गर्ने क्रममा नरहा– ३ मा फेला परेपछि नियन्त्रणमा लिई खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीमा कालो प्लास्टिकमा बेरेर लुकाएको खैरो हिरोइन बरामद भएको हो । 

लागुऔषसहित नियन्त्रणमा लिइएका उनलाई सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।