१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार १३:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनको गहनाका लागि वृद्धाको हत्या, आरोपीद्वारा चाेरी र लुटपाटमा समेत संलग्नता स्वीकार

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:o७:oo

गत कात्तिक १९ मा शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो। शुक्लाफाँटा– ७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घरनजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको हत्या भएको थियो। नारुदेवीको हत्या गरेकै दिन डगौराले दुई सय ५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए। त्यसअघि १४ कात्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए। उनी लागुऔषध दुर्व्यसनीसमेत रहेको प्रहरीले जनाएको छ।

डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए। नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि यकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्वीकार गरेको एसपी थापाले बताए।

वृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रीका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनीनजिक एलएक्स क्लबका सञ्चालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रीका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो।’

महेश २० कात्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई बेंग्लाेर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो। सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित इन्द्र बराल (सुनार)ले सञ्चालन गरेको न्यु बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले सञ्चालन गरेको दिया सुनचाँदी पसल र दीपेन्द्र सिजापतीले सञ्चालन गरेको सुजल सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ।

सुन बिक्रीका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र नीरज भट्टलाई पठाएको पाइएको छ। चौधरीले नीरज भट्टलाई सुन बिक्रीका लागि तीनै पसलमा लगेका थिए। तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्यापछि १.५० आनाको फुली, १.६९ आनाको मुन्द्रा र २.७०० आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। सुनचाँदी पसलधनीहरूले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरूसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन्।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँचजनाविरुद्ध फरक–फरक मुद्दा आकर्षित हुने बताए। महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरूविरुद्धमा गैरकानुनी सुन खरिद–बिक्रीको मुद्दा लगाउने तयारी भएको छ।

ad
ad