१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देउसी खेलेर भूकम्पपीडितलाई १६ लाख सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

काभ्रेमा देउसीभैलो खेलेर संकलित १६ लाख भूकम्पपीडितलाई सहयोग गरिने भएको छ।

काभ्रेको नमोबुद्ध नगरपालिका–४, मेथिन्कोटमा अवस्थित जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध नगर पतञ्जली योग समिति र भकुन्डेबेँसी जेसिजद्वारा तिहारमा देउसी खेलेर संकलित १६ लाख २५ हजार ३६० रुपैयाँ रकम पीडितलाई सहयोग गर्ने भएका हुन्।

गत१७ कात्तिकमा जाजरकोट र रुकुम पश्चिममा विनासकारी भूकम्प गएको थियो। सो भूकम्पबाट पीडितहरूलाई राहत सहयोग उपलब्ध गराउने अभिप्रायले देउसी कार्यक्रम आयोजना गरेको जनक बहुमुखी क्याम्पसका प्रमुख तथा देउसीभैलो कायक्रमका संयोजक हरिहर अधिकारीले जानकारी दिए।

नेपालीहरूको महान चाड शुभदीपावलीको अवसरमा कात्तिक २७ र २८ गते बृहत् देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भएको अधिकारीले बताए। उक्त कार्यक्रमबाट संकलित रकम भूकम्पपीडितहरूलाई दिने निर्णय भएको उनको भनाइ छ। 

‘गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावित भएका पीडितहरूलाई राहत संकलनार्थ बृहत् देउसीभैलो कार्यक्रमको आयोजना भएको थियो। सो कार्यक्रमबाट १६ लाख २५ हजार ३६० दानबाट संकलन भएको रकम भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेका छौँ।’ 

क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक हरिहर अधिकारीले भने, ‘केही रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेछौँ भने केही रकमको जिन्सी सामग्री खरिद गरी हस्तान्तरण गर्नेछौँ।’ त्यहाँका सांसदमार्फत जाने कि प्रमुख जिल्ला अधिकारीमार्फत जाने भन्ने विषयमा आफूहरूले छलफल गरिरहेको उनले बताए। 

कार्यक्रममा जनक माध्यमिक विद्यालय तथा जनक बहुमुखी क्याम्पसका विद्यार्थीहरूले देउसीभैलो गीत तथा नृत्य, साकेला नृत्य, सोरठी नृत्य, धिमे नृत्य, तामाङ सेलोलगायतका लोकसांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए। यस्तै, पतञ्जली योग समितिबाट योग गरौँ, ध्यान गरौँ स्वस्थ बनौँ' भन्ने नाराका साथ विभिन्न लोकसांस्कृतिक गीत तथा नृत्यहरू र खैँजडी भजन प्रस्तुत गरिएको थियो।

देउसीभैलो कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. २ चिस्यान बुचाकोट, नमोबुद्ध  नगरपालिका वडा नं. ७ नौबिसे र भकुन्डे बजारमा सञ्चालन गरिएको उनले बताए। सो कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामालगायत सबै वडाका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।