१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० मङ्सिर ५ मंगलबार १४:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वसांसद रौनियार एमालेमा प्रवेश 

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ५ मंगलबार १४:५९:००

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वप्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन्। 

पोखरीयामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौँ नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्।

०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा  एमालेका राजकुमार गुप्तालाई हराएर रौनियार निर्वाचित भएका थिए। एमाले प्रवेश गरेका रौनियार पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्षसमेत हुन्।