मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Wednesday, 02 September, 2026
२o८o मङ्सिर ४ सोमबार १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित पोखराबाट तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १९:o२:oo

लागुऔषधसहित प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट ८१२ चक्की लागुऔषध नाइट्रोभ्याट बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सुरुमा उदयपुर जिल्लाको उदयपुर सगरमाथा नगरपालिका–५ स्थायी घर भई पोखरा– ५ मासबार बस्ने वर्ष २३ का जीवन विकलाई पक्राउ गरेको थियो। पोखरा– ८ आलुमाइला चोकस्थित सडकमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा उनको साथबाट नाइट्रोभ्याट पाँच चक्की बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विकलाई सोधपुछ पछि प्रहरीले अर्घाखाँची स्थायी घर भई हाल पोखरा– ८ शीतलमार्ग बस्ने वर्ष २५ का प्रवीण पौडेललाई ५०७ चक्की नाइट्रोभ्याट र पोखरा– ९ संगममार्ग बस्ने वर्ष २३ का कुशलविक्रम खाँण ठकुरीलाई ३०० चक्की नाइट्रोभ्याटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।