१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

साइबर कानुनका विज्ञ प्रा. किशोर सापकोटालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५६:oo

टिकटक बन्द गर्ने सरकारको निर्णय कस्तो लाग्यो ? 
सम्भावित खतरा रोक्ने वैकल्पिक उपाय नपनाई तथा अन्य बाटाहरू अवलम्बन नै नगरी टिकटक बन्द गर्नु गलत हो । हामीसँग सामाजिक सञ्जालमा हुने विकृति रोक्न विभिन्न कानुन छन् । हाल साइबर तथा गाली बेइज्जतीसम्बन्धी कानुन प्रयोग गरेर सामाजिक सञ्जालमाथि निगरानी गरिएको पाइन्छ । तर, सरकारले अन्य कानुन निर्माण र निगरानीका काम छाडेर टिकटक नै बन्द गर्नु राम्रो होइन । यो त सरकारले आफ्नो कमजोरी लुकाउन ‘अट्याक’ गरेजस्तो देखिन्छ । बन्द गर्नुभन्दा पहिले अन्य सम्भावनाबारे विचार गर्नुपर्ने थियो । 

साइबर सुरक्षामा टिकटकलगायत सामाजिक सञ्जाल कति खतरा हुन सक्छन् ? 
टिकटकबाट साइबर सुरक्षाको ‘थ्रेट’ हुँदैन । बरु सामाजिक सद्भाव बिग्रन वा बिथोलिन सक्छ । तर, यसले साइबर सुरक्षामै थ्रेट ल्याउने भन्ने हुँदैन । विकृति रोक्न कानुन निर्माण गर्नुपर्छ । यसरी टिकटक बन्द गर्नुमा शीर्ष नेतृत्वमा अमुक राजनीतिक दल या नेता छिटो लोकप्रिय हुने भए भन्ने भयले काम गरेको देखिन्छ ।

सामाजिक सञ्जाल बन्दको विकल्प के हुन सक्छ ?
सामाजिक सञ्जाल बन्द गर्ने होइन, बरु यसका माध्यमबाट गलत गर्नेलाई कारबाही गर्न कानुन निर्माण गरी कारबाहीको दायरामा ल्याउने हो । तर, नेपालमा हालसम्म पनि सामाजिक सञ्जालसम्बन्धी कानुन बनेको छैन । त्यसकारण, अब यससम्बन्धी कानुन निर्माणमा सरकारले बढी चासो दिन जरुरी छ । कानुन भयो भने विकृति हट्दै जान्छन् । केहीलाई कारबाही गर्नेबित्तिकै अन्य व्यक्तिले तर्सिएर पनि गलत गर्दैनन् ।  

ad
ad