१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८o मङ्सिर ३ आइतबार o६:१६:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको छ : पराष्ट्रमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार o६:१६:oo

परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरेको बताएका छन् ।

शनिबार शुक्लाफाँटा नगरपालिका नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कूटनीतिक पहल गरेर जोशीको रिहाइ गरिने बताए ।

उनको रिहाइका लागि विभिन्न देशसहितका पक्षसँग कुराकानी भइरहेको साउदले बताए । ‘विपिन जोशीको सकुसल रिहाइका लागि मैले कतार, अमेरिकी सरकारका विदेशमन्त्रीसँग पनि पटक–पटक पहल गरेको छु,’ उनले भने, ‘अन्तर्राष्ट्रिय रेडक्रस पनि लागेको छ, आज मात्रै मैले इजरायलस्थित नेपाली राजदूतसँग छलफल गरेको छु ।’ 

अमेरिकी सरकारले २१ नोभेम्बरमा आफ्ना देशका नागरिकको उद्धार गर्ने क्रममा विपिन जोशीको रिहाइको समेत कुराकानी गरेको उनले बताए ।

इजरायल सरकारसँग सम्पर्क गर्दा विपिनलाई हमास समूहले बन्धक बनाएर गाजा क्षेत्रमा सुरक्षित राखेको जानकारी आएको बताउँदै मन्त्री साउदले सकुसल रिहाइका लागि अन्तर्राष्ट्रिय पक्षसँग आग्रह गरेको उल्लेख गरे ।

शनिबार महेन्द्रनगरमा विपिनका आमाबाबुले मन्त्री साउदलाई भेटेरै छोराको यथाशीघ्र रिहाइका लागि माग गरेका थिए ।