१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १o:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारले बढायो कफीको समर्थन मूल्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:o४:oo

सरकारले चालू आर्थिक वर्षका लागि कफीको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा बढाएर निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबारबाट लागू हुने गरी कफीको समर्थन मूल्य निर्धारण गरेको हो । 

सरकारले हरेक १ मंसिरबाट लागू हुने गरी कफीको समर्थन मूल्य निर्धारण गर्दै आइरहेको छ । नेपालमा उत्पादन हुने तीन प्रकारको कफीको समर्थन मूल्य निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार पहिलो फ्रेस चेरी कफी (ग्रेड–ए) प्रतिकेजी एक सय रुपैयाँ र फ्रेस चेरी कफी (ग्रेड–बी)को प्रतिकेजी ९० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो वर्ष फ्रेस कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ र ग्रेड– बी को ८५ रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यस्तै, बोर्डले पार्चमेन्ट कफी (ग्रेड–ए)को मूल्य गत वर्षभन्दा २५ रुपैयाँले बढाएको छ । गत वर्ष यसको मूल्य चार सय ७५ रुपैयाँ निर्धारण गरेको थियो भने यस वर्ष पाँच सय रुपैयाँ निर्धारण गरेको छ । सोही प्रकारको (ग्रेड–बी)मा पर्ने कफीको मूल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरिएको बोर्डले जनाएको छ । गत वर्ष ग्रेड बीको मूल्य प्रतिकिलो चार सय २० रुपैयाँ रहेको थियो । बोर्डका अनुसार ११ प्रतिशतभन्दा बढी चिस्यान गरी प्रशोधन गरी तयार गरिने हुनाले यो सर्वाधिक महँगो मूल्य पर्ने कफी हो । 

ड्राइ चेरी कफी (ग्रेड–ए)को मूल्य अघिल्लो वर्षको भन्दा ३० रुपैयाँले बढेको छ । अघिल्लो वर्ष एक सय ७० रुपैयाँ निर्धारण गरिएकोमा यस वर्ष प्रतिकिलो दुई सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, (ग्रेड–बी) प्रतिकिलो एक सय ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको छ ।

अघिल्लो वर्ष यस प्रकारको कफीको मूल्य एक सय १५ रुपैयाँ निर्धारण गरिएको थियो । बोर्डका अनुसार यस खालको कफीमा चिसो प्रशोधन विधिबाट प्रशोधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य कुनै माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको हुनुपर्नेछ ।

नेपाल चिया कफी विकास बोर्डका अनुसार नेपाली उत्पादनको २० प्रतिशत कफी विदेश निर्यात भएको छ । आव ०७८/७९ को तथ्यांकअनुसार १२ करोड ७६ लाख रुपैयाँबराबरको दुई सय ७९ दशमलव ८ मेट्रिकटन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रुपैयाँबराबरको ६९ मेट्रिकटन मात्रै निर्यात भएको छ ।

ad
ad