१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Saturday, 10 May, 2025
२o८o मङ्सिर १ शुक्रबार १७:o४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गौरीघाटमा यसरी तयार हुँदै छ छठघाट (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार १७:o४:oo

कात्तिक शुक्ल चौथीदेखि सुरु भई चार दिनसम्म मनाइने छठपर्व आजदेखि सुरु भएको छ। आज ‘नहाय–खाय’ विधिबाट पर्वको प्रारम्भ गरिएको छ।

‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । त्यस्तै, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास छ।

छठपूजाका लागि काठमाडौंको गौरीघाटस्थित बागमती किनारमा तीव्र रूपमा तयारी हुँदै छ। खोलाको फोहोर सफा गर्ने, बस्ने स्थान तथा बत्ती जडानलगायतको काम धमाधम भइरहेको छ।

हेर्नुस् तस्बिरहरू :