१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुष्प व्यवसायलाई थप आत्मनिर्भर बनाउन कृषि समितिले आवश्यक निर्णय लिन्छ : सभापति राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४९:oo

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले पुष्प व्यवसायलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताएकी छिन्। 

पहिले थोरै जमिनमा मात्रै पुष्पखेती गर्ने किसानहरूले अहिले व्यावसायिक पुष्पखेती सुरु गर्न थालेको उल्लेख गर्दै सभापति राणाले बजारसम्म सहज पहुँच र उचित मूल्यको प्रबन्ध गर्नुपर्नेमा जोड दिएकी हुन्। 

यस वर्षको तिहारमा किसानहरूको व्यावसायिक पुष्पखेतीबाट नेपालमै उत्पादन भएको फूलको प्रयोग हुनु एकदमै सकारात्मक पक्ष भएको, तर व्यावसायिक वातावरण अझै बनिनसकेको उनको धारणा छ। 

किसानहरूको फूल बिक्री हुन नसकेका खबरहरूका बीच सभापति राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘कहीँ किसानहरूले उचित मूल्य पाउन नसकेको, कहीँ बजारसम्म पुर्‍याउन यातायातको व्यवस्था नभएको र केही ठाउँमा देशबाहिरबाट वैध तथा अवैध रूपमा ठूलो परिमाणमा फूल आयात भएको गुनासो आएको छ। यी सम्पूर्ण कुरालाई मध्यनजर गरी आउँदा वर्षमा यसको उचित व्यवस्थापनका लागि म सरोकारवालाहरूको ध्यानाकर्षण गराउँछु।’

सभापति राणाले पुष्प व्यवसायलाई थप आत्मनिर्भर बनाउन कृषि समितिमा पनि यो महत्त्वपूर्ण विषय उठान गरी सबैको सल्लाहबमोजिम आवश्यक निर्णय लिने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन्।