१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु आयुर्वेद केन्द्रमा अकुपन्चर सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

मुगुमा पहिलोपटक अकुपन्चर पद्धतिबाट उपचार सेवा सुरु गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवसको अवसर पारी गत शनिबारदेखि अकुपन्चर सेवा सुरु गरेको हो।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा सुरु भएको छैन। आयुर्वेद स्वास्थ्य केन्द्र मुगु जिल्लामा अकुपन्चर सेवा थालनी गर्ने पहिलो संस्था भएको सो केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए।

उनका अनुसार योसहित अन्य सबै सेवा पनि निःशुल्क उपलब्ध हुनेछ। बिदाका दिनबाहेक अन्य सबै दिन हाडजाेर्नी तथा नसा रोग बिरामीका लागि यो सेवा दैनिक प्रदान गरिने उनले बताए।

शनिबारबाट सुरु गरिएको उक्त सेवाको उद्घाटन कर्णाली  प्रदेश सभा सदस्य एवं निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले गरेका थिए।

जिल्लामा अकुपन्चर उपचार विधि नहुँदा हाडजोर्नी तथा नसारोगका बिरामी ५० हजारभन्दा बढी खर्च गरेर काठमाडौं, नेपालगन्ज र सुर्खेतलगायतका जिल्लामा जानुपर्ने बाध्यता थियो। अकुपन्चर सेवा नियमित भए आफूजस्ता हाडजोर्नी तथा नसारोगका बिरामीले राहत पाउने सेवा लिन आएका सोरु गाउँपालिका– १ का हरि शाहीले बताए।