१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ २ बुधबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

महिला क्रिकेट : नेपाल तान्जानियासँग २७ रनले पराजित    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:o२:oo

चार देश सम्मिलित महिला टि–ट्वान्टी शृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो।

जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन्। त्यस्तै, कप्तान इन्दु बर्माले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन्। त्यस्तै, प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र ऐसा मोहमदले समान एक-एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो। तान्जानियाको लागि हुँदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन्।  

त्यस्तै, ऐसा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किबासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन्। बलिङतर्फ नेपालको लागि संगीता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिएका थिए।
 

ad
ad