१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २७ सोमबार
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
२o८o कार्तिक २७ सोमबार ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई लाख २८ हजार नगदसहित सुर्खेतबाट २७ जना जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o कार्तिक २७ सोमबार ११:२३:oo

पक्राउ पर्नेमा तीनजना प्रहरी, पाँचजना स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ता, जुवाको खालबाट दुई लाख २८ हजार नगद बरामद

सुर्खेतमा जुवा खेलिरहेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चौकुने गाउँपालिका-६ बाट गए राति २७ जना जुवाडेलाई पक्राउ गरेर वीरेन्द्रनगर ल्याएको छ।

पक्राउ पर्नेमा तीनजना प्रहरी, पाँचजना स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ता रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

२७ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए। जुवाको खालबाट नगद दुई लाख २८ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।