१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २६ आइतबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक २६ आइतबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २६ आइतबार १o:o३:oo

प्रहरीले विभिन्न स्थानबाट ठूलो मात्रामा पटाका, आतसबाजी तथा लंगुरबुर्जा–खोरखोरेका सामग्री बरामद गरी नष्ट गरेको छ ।

विभिन्न स्थानबाट समाजमा आतंक मच्चाउने, ध्वनि प्रदूषण गर्ने खालका सामग्री नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीले पटाका, आतसबाजी प्याङगुइन कोब्रा खुर्सानी बम ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम पाँच प्याकेट, सोली बम पाँचवटा, रकेट बम चारवटा, झिरझिरे ८० प्याकेट, एटम बम ४१४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम ९८ सेट (दुई हजार ७४४ पिस), सानो पटका ६ वटा, ठूलो पटाका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिएको प्रमुख थापाले बताए ।