१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २५ शनिबार १३:३८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला क्रिकेट टोलीको बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २५ शनिबार १३:३८:००

हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी–२० शृंखला खेल्न जाने टोलीलाई शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ। क्यानले मूलपानीस्थित मुख्यालयमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो।

क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीको बिदाइ गरेका हुन्। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ। क्यानले शृंखलाबाट इन्दु बर्मालाई नयाँ कप्तान घोषणा गरेको छ।

२९ कात्तिकबाट ३ मंसिरसम्म हुने शृंखलाका शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ। खेल २९ कात्तिकमा हुनेछ। नेपालले  ३० कात्तिकमा आयोजक हङकङ र २ मंसिरमा जापानको सामना गर्नेछ।