१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o७:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा पहिलोपटक सुन्दरबजारका भूमिहीनले पाए लालपुर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५३:oo

लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीले लालपूर्जा प्राप्त गरेका छन् । सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्ला समिति लमजुङद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए । 

राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकाका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था गरी स्थानान्तरण गर्ने देशमा नै पहिलो पालिका सुन्दरबजार नगरपालिका रहेको बताए । नगरपालिकामा रहेका लालपूर्जा उपलब्ध गराउन सिफारिस भएका ४७ जना सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरु मध्ये २३ जनाले शुक्रबार जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् भने बाँकीको केहि प्रक्रिया बाँकी रहेको जिल्ला समितिका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए । 

अध्यक्ष अधिकारीले जिल्लामा विगत ४५ वर्षदेखि बसोबास गरिरहेका व्यक्तिको नागरिकता सम्म नभएको, आफू बसीरहेको स्थान छोडेर अन्यत्र जान नचाहने जस्ता भूमिहिन व्यक्तिहरु रहेको भन्दै जग्गा उपलब्ध गराउन समेत समस्या भएको साथै अर्कोतर्फ सुगम स्थानमा जग्गा पाउन नै समस्या भएको समेत बताए । अधिकारीले सुन्दरबजार नगरपालिका पछि राईनास नगरपालिकामा पूर्जा वितरणको काम गरिने भन्दै यी पालिकाका प्रमुख, उपप्रमुख लगायत कर्मचारीले अत्यन्तै चासोका साथ भूमिहिनलाई जग्गाधनी प्रमाण पूर्जा दिन लागि परेकोले यो कार्य सम्भव भएको बताए । 

कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले भूमिहिनले जग्गा पाए पनि घर बनाउन अझै चुनौति रहेको भन्दै यसमा पालिकाले के गर्न सक्छ भन्ने बारेमा सोचिरहेको बताए । सुन्दरबजारमा रहेका भूमिहिनहरुलाई पहिलो चरणमा पूर्जा कसरी दिन सकिन्छ भनेर आफूहरु लागिरहेको र यसलाई मूर्त रुप दिन सकिएकोमा सहयोग गर्ने सबैलाई नगर प्रमुख कोइरालाले धन्यबाद दिए । 

कार्यक्रममा संघीय सांसद उर्मिला माझी, नगर उपप्रमुख भवानी के.सी., प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, पार्टी प्रतिनिधिहरु, वडाध्यक्ष लगायतले मन्तव्य व्यक्त गर्दै भूमिहिनलाई जग्गा उपलबध गराउन सकिएकोमा खुसी व्यक्त गरेका थिए । 

जग्गा प्राप्त गरेपछि भूमिहिनहरुले आफूले जग्गाधनी प्रमाण पूर्जाको अभावमा विभिन्न बाधा व्यवधान झेल्दै आएको र जग्गा पाउने आशा आज यथार्थमा परिणत भएको भन्दै खुसी व्यक्त गरेका थिए । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीका अनुसार जिल्लाभरमा २ सय ५३ भूमिहिन र १ हजार २ सय ४५ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।