मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ११ शुक्रबार
  • Friday, 23 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० कार्तिक २४ शुक्रबार १०:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्दैन : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० कार्तिक २४ शुक्रबार १०:००:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । 

उनले अहिले जनताले डेलिभरी खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरी गर्न तीनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने ।  स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए । 

त्यस्तै, सञ्चारकर्मीको जिज्ञासामा उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताए । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने सिंहको भनाइ थियो । साथै, भूकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःखमा  साथ दिनुपर्ने बताएका छन् । जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिनमा सर्वाेच्च नेताप्रतिको सच्चा श्रद्धाञ्जली हुनेसमेत उनले बताए ।