Skip This
धनमाल लुटपाटका लागि मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

धनमाल लुटपाटका लागि मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:१२:oo

जेठमै बनेको थियो हत्या योजना

घटनाको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटना सुल्झाएको छ । धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्वर ७ पिना गाउँका गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ गरेको हो । दुवैले अभियोग स्वीकार गरेका छन् । 

छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो । ८ कात्तिकमा हत्या  भएको प्रहरीले जनाएको छ । हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेका थिए । ‘श्रीदेवीसँग धेरै सुन लगाउने उनीहरूले देखेका रहेछन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘सोही आधारमा उनीहरूले लुट्ने योजना बनाएको देखिन्छ ।’ श्रीदेवीका श्रीमान् भने विदेशमा थिए । गोर्ख श्रीदेवीका नाता पर्दछन् । 

गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए । कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गएर गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोठमा लुकेर बसेका थिए ।

योजनाअनुसार नै उनीहरूले ८ कात्तिकमा हत्या गरेका हुन् । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए । त्यही दिन श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । हत्यापछि उनीहरू सुर्खेत भागेर बसेका थिए । 

प्रहरीले सोमबार नै गोर्खलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गोपाललाई बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गर्ने प्रहरी तयारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले स्थानीय प्रहरीसँग मिलेर अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । 

ad
ad