Skip This
उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २३ बिहीबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १८:५३:oo

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन्।

नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिने बताइएको छ।

उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि तय भएको संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण स्थगित गरिसकेका छन्।

खड्का हाल भूकम्प प्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनर्स्थापनाको काममा खटिएका छन्।