१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:३३:oo

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ।

प्रवासी नेपाली मञ्च युरोप कमिटीको आज बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्पबाट पीडितको उद्धार तथा राहतका लागि ३० लाख सहयोग गर्ने निर्णय गरेको मञ्चका सचिव शालिक थपलियाले जानकारी दिए।

मञ्च युरोपका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले जतिसक्दो चाँडो सहयोग उपलब्ध गराउनका लागि युरोपस्थित मञ्चका राष्ट्रिय कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ।

संयोजक गुरुङले बैठकमा उपस्थित पदाधिकारी तथा राष्ट्रिय कमिटीका पदाधिकारीहरूलाई मातृभूमिमा परेको विपतमा आ–आफ्नोतर्फबाट योगदान दिन पनि निर्देशन दिए।

बैठकले अबको तीन हप्तासम्म राष्ट्रिय कमिटी परिचालन गरी संकलित सहयोग एनआरएन अन्तर्राष्ट्रिय कमिटी (संस्थापन पक्ष बद्री केसी)सँग मिलेर सहयोग गर्नेसमेत निर्णय गरेको छ।

ad
ad