Skip This
गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट : नवलपुर सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २३ बिहीबार १३:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट : नवलपुर सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १३:o१:oo

बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय बागलुङ कप टी–२० क्रिकेट प्रतियोगितामा नवलपुर सेमिफाइनलमा प्रवेश गरेको छ । तनहुँलाई ५५ रनले हराउँदै नवलपुरले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

समूह चरणको दोस्रो खेलमा दुई सय १२ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ १७.५ ओभरमा एक सय ५६ रनमा अलआउट भयो। तनहुँका लागि दिनेश बुढामगरले ४५ बलमा ९७ रन बनाए । उनले १० चौका र आठ छक्का प्रहार गरेका थिए। यसैगरी आनन्द सुनारले १२ र चन्द्रकान्त पौडेलले १० रन बनाए।

नवलपुरका कप्तान कमल परियारले चार ओभरमा १६ रन खर्चेर चार विकेट लिए। सुदीप अर्यालले दुई र सागर डोटेलले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले रविन शर्मा र सुदीप अर्यालको अर्धशतकको मद्दतमा दुई सय ११ रनको विशाल योगफल बनाएको थियो। रविनले ५९ रन र सुदीपले ५२ रनको इनिङ खेलेका थिए। नवलपुरका प्रनिश अर्यालले १७ बलमा २५ रन बनाए।

तनहुँका लागि सन्दीप पराजुलीले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए। दिनेश बुढा मगरले दुई र चन्द्रकान्त पौडेलले एक विकेट लिए। नवलपुरसँग पराजित हुँदै तनहुँ प्रतियोगिताबाट बाहिरिएको छ। तनहुँ पहिलो खेलमा स्याङ्जासँग पराजित भएको थियो। नवलपुरको जितले स्याङ्जा पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

सोही दिन भएको पहिलो खेलमा कास्कीले पर्वतलाई चार विकेटले हरायो। जितको लागि एक सय एक रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे। कास्कीको जितमा कप्तान विपिन खत्रीले २२ बलमा २५ रनको अविजित इनिङ खेले। 

यस्तै, नेपाल अन्डर– १९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी सुवास भण्डारी १३ रनमा अविजित रहे । पर्वतका लागि विनोद नेपालीले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कप्तान अमृत गुरुङले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए। 

त्यसअघि बांगेचौर खेलमैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय रन बनाएको थियो। पर्वतका लागि कप्तान अमृत गुरुङले ४३ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त रहेन। अमृत प्रतियोगिताको अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भएका कास्कीका सुवास भण्डारीले  चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिए।