१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कामना सेवा बैंकद्वारा प्रहरी कन्ट्रोल रुम सबलीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३१:oo

कामना सेवा विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रहरी कन्ट्रोल रुम सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । कन्ट्रोल रुम सबलीकरण गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी कन्ट्रोल रुमको सबलीकरण गरेसँगै सेवासमेत छिटो र छरितो हुन थालेको बताए । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गरिरहेको छ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

ad
ad