१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o६:oo

बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीको चार महिनाको गर्भ तुहिएको छ । १४ कात्तिकमा छिमेकीले बोक्सी आरोपमा सुन्दरकलासँगै उनकी सासू इतरिया देवी र परिवारका अन्य सदस्यलाई कुटपिट गरेका थिए । कुटपिट आरोप लागेका चारमध्ये दुईजना पक्राउ परिसकेका छन् । 

कुटपिटबाट गर्भमा समेत चोटपटक लागेकोमा पाठेघरबाट पानी बग्न थालेपछि जनकपुर अस्पतालमा जाँच गराउँदा उनको गर्भ तुहिएको पाइएको हो । त्यसअघि उनको गौशालास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भएको थियो । रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा जनकपुर लगिएकामा चिकित्सकले गर्भ तुहिएको बताएको उनका श्रीमान् देवेन्द्र महराले बताए । उनले भने, ‘गौशालामा श्रीमतीको अल्ट्रासाउन्ड जाँच गराउँदा चिकित्सकले औषधि दिएका थिए । तर, रक्तश्राव नरोकिएपछि जनकपुर लगेका थियौँ, गर्भको बच्चा बचाउन सकिएन । अहिले श्रीमतीलाई घर लिएर आएको छु ।’ सात वर्षअघि विवाह गरेका देवेन्द्रका चार र दुई वर्षका दुई छोरी छन् ।

महराको परिवारमाथि २७ असोजमा बोक्सी आरोपमा कुटपिट भएको थियो । दसैँको बिदाका कारण १७ कात्तिकमा छलफल डाकिएकोमा त्यसअघि नै १४ कात्तिकमा सन्तोष यादव, विनोद पासमान, चन्द्रशेखर यादव र केवल महतोलगायतले कुटपिट गरेका थिए । सन्तोष र विनोदलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको र फरार दुईजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले बताए । 

ad
ad