१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राहत सामग्री लिएर एमाले बाँकेको टोली जाजरकोट प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo

जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि नेकपा एमाले बाँकेले आज सोमबार राहत सामग्री पठाएको छ । पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकबाट संकलन गरेको पाँच लाख रुपैयाँभन्दा बढीको राहत सामग्री जाजरकोट पठाएको हो ।

एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली राहत सामग्री लिएर जाजरकोट गएकाे हाे ।

भूकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनवर्गीय संगठनलाई परिचालन गरी सहयोग जुटाएका हुन् । संकलन भएको चामल, दाल, तेललगायतका खाद्यान्न र ओढ्ने, ओछ्याउने, लगाउने लुगा जाजरकोट पठाएको एमाले बाँके उपाध्यक्ष डिल्लीबहादुर विसीले जानकारी दिए । 

उनका अनुसार, पार्टीका नेता–कार्यकर्ताबाट स्वस्फूर्त रूपमा प्राप्त सहयोग सामग्री भूकम्प प्रभावितलाई पठाइएको छ । रुकुमका भूकम्पपीडितका लागि पनि छिट्टै पठाइने उनले बताए ।
 

ad
ad