१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १९ आइतबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० केजी गाँजासहित हेटौँडाबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १८:२९:oo

मकवानपुर प्रहरीले आइतबार करिब १० किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेबाट नौ केजी नाै सय ८० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका– ८ का १९ वर्षीय दीपक मुक्तान, ५० वर्षीय बुद्धिमान मुक्तान र ४० वर्षीय मंगलसिंह थोकर रहेका मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार उनीहरूलाई हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४ ख ५९२२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो। उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।