१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १९ आइतबार o९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रशिक्षकलाई सूचीकृत हुन काठमाडौं महानगरको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o९:१३:oo

काठमाडौं महानगरपालिकाले पुस्तकविहीन शुक्रबार, शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ–संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

सूचीकृत प्रशिक्षकले चालू शैक्षिक सत्रबाट थालिएको कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीलाई शिक्षामा सीप सञ्चालन हुने सामुदायिक विद्यालयमा काम गर्नुपर्नेछ । महानगरमा यस्ता ५६ वटा विद्यालय छन् । त्यसबाहेक अरू कक्षामा पुस्तकविहीन शुक्रबारअन्तर्गतका अन्य कार्यक्रम सञ्चालन भइरहेको छ । समग्रमा महानगरभित्र ८९ वटा विद्यालय सञ्चालनमा छन् ।  

शैक्षिक सत्र ०८० देखि महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ र १०) मा ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो ।

९० घन्टे यो तालिमका लागि १० वटा विषय राखिएको छ । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाककला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपत् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषय हुन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार प्रशिक्षकले निर्धारित पाठ्यक्रममा आफैँ प्रशिक्षण प्रदान गर्नुपर्नेछ ।