१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु सामूहिक हत्या : आफन्तको घरमा विक्षिप्त अवस्थामा भेटिए दीपक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

परिवारका चार सदस्यको सामूहिक हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहाेरा आफन्तको घरमा भेटिएका छन्।

बोहोराकी श्रीमती, दुई छोरा र एक छोरीको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्केका थिए।

मानसिक रूपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाइएको थियो।

मृतकहरूको शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका बोहोरा बिहीबार बिहान अस्पतालबाटै बेपत्ता भएका थिए। उनी हिजो राति ८ बजे छायाँनाथ रारा नगरपालिका– ४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिए।

उनी अहिले प्रहरी र नगर प्रहरीको  निगरानीमा  छाँयानाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामसँग रहेको  प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए।

मुगुस्थित छायाँनाथ रारा नगरपालिका– ६ मुन्दुगाउँमा गत कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहाेरा, ११ वर्षीय छोरा मनोज बोहाेरा, आठ वर्षीया छोरी अप्सरा बोहाेरा र आठ महिने छोरा रहर बोहाेराको सामूहिक हत्या भएको थियो।

हत्या भएको दुई दिनपछि १० गते मात्रै प्रहरीले सूचना पाएको थियो। गत सोममबार चारवटै शव परीक्षण भइसकेको छ।