१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदेश नाकामा पशु क्वारेन्टिनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४४:oo

पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टिनसहितको चेकपोस्ट स्थापना गर्नुपर्ने माग गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पशुमा देखिने महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रदेश नाकामा क्वारेन्टिन सेवा सञ्चालन गर्न माग गरेको हो ।  

प्रदेश सरकारले राष्ट्रिय विकास समस्या समाधान समितिमा समेत सो विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने भनी मन्त्रालयले किटान गरेको छ । पुश क्वारेन्टिनस्थल स्थापना संघ सरकारको एकल अधिकारभित्र पर्ने भएकाले उक्त विषयलाई प्रदेशले भोगिरहेको समस्याका रूपमा राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

पोखरास्थित पशु सेवा तालिम केन्द्रका प्रमुख डा. गृष्म न्यौपानेले तनहुँ र स्याङ्जामा कृषि तथा पशुपन्छी नियमन एकाइ भए पनि तिनले प्रभावकारी सेवा दिन नसकेको बताए । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतका ती एकाइमा पूर्वाधार र जनशक्तिको अभाव रहेको उनकाे भनाइ छ । 

‘व्यवस्थित पशु क्वारेन्टिन सेवाका लागि संघ सरकारले प्रदेश नाकामा पनि आन्तरिक पशु क्वारेन्टिनस्थलसहितको चेकपोस्ट स्थापना गर्नुपर्छ,’ डा. न्यौपानेले भने, ‘प्रदेश सरकारअन्तर्गतका कृषि तथा पशुपन्छी नियमन एकाइलाई पनि स्रोतसाधनसम्पन्न बनाउनु आवश्यक छ ।’

हालै मात्र अफ्रिकन स्वाइन फिभर, लम्पी स्किनजस्ता महामारीका कारण नेपालले ठूलो पशुधनको क्षति व्यहोर्नुपरेको भन्दै डा. न्यौपानेले क्वारेन्टिन सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय सिमानामा समेत पशु क्वारेन्टिन सेवा प्रभावकारी हुन नसकेको उल्लेख गरे । 

‘क्वारेन्टिन सेवा फितलो हुँदा पशुमा महामारीजन्य रोगको प्रकोप नियन्त्रणमा चुनौती थपिएको छ, पशुपालन व्यवसाय नै धराशायी भइरहेको छ,’ उनले भने, ‘संघ सरकारले प्रदेश नाका, मुख्य राजमार्ग र स्थानमा क्वारेन्टिन सेवा विस्तार गरेर पशु रोगमुक्त क्षेत्र बनाउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ ।’
 

ad
ad