१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा संजिता र श्रीकृष्णले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेसँगै मकवानपुरबाट पनि दुईजनाले गैरआवासीय नागरिकता लिएका छन्। 

मकवानपुरबाट पहिलोपटक बुधबार संजिता बिडारी र श्रीकृष्ण थापाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन्। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक बुधबार हेटौँडा ११ नवलपुरकी संजिता बिडारी र हेटौँडा ५ का श्रीकृष्ण थापालाई  गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई‌ंले जानकारी दिए। 

उनीहरूलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

नागरिकता प्राप्त गरेपछि बिडारीले ईश्वर, देश र जनताको नाममा शपथ लिएकी थिइन्। यस्तै, थापाले नागरिकता प्राप्त गरेपछि देशप्रतिको माया अझै बढेको बताए। 

उनले आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको बताउँदै अब आफ्नो देशमा लगानी गरेर आर्थिक रूपमा पनि देशलाई सहयोग गर्न सक्ने भएको भन्दै खुसी व्यक्त गरे।

विगत १५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका संजिता र श्रीकृष्ण श्रीमान् श्रीमती हुन्। गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले पनि नागरिकता पाउने बाटो खुलेको हो।

यसअघि गएको असोज ३० गते प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गरेका थिए।