१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १५ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १४:३९:oo

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्राविधिक समस्या आएको छ।

उक्त समस्याका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आवश्यक पर्ने अनलाइन प्रणालीका कागजात एवं अन्य काम गर्न नसकिएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए। 

उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेसनबाट हुने गरेको श्रमिकको ओरेन्टेसन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ।  

फेमिसमा देखिएको समस्याकै कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्ण रूपमा प्रभावित नभएको उनले बताए। 

यसैगरी विभागले एक सूचना जारी गरी नयाँ र पुनः श्रम स्वीकृतिका लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेसन सेक्सनका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरूबाट जारी गरेको दुईदिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएकाले सोहीबमोजिम गर्न–गराउन हुन सबैलाई अनरोध पनि गरेको छ।