Skip This
आइसिसी एकदिवसीय विश्वकप– २०२३ : अफगानिस्तानसँग पूर्वविजेता श्रीलंका स्तब्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी एकदिवसीय विश्वकप– २०२३ : अफगानिस्तानसँग पूर्वविजेता श्रीलंका स्तब्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o६:१३:oo

 एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पूर्वविजेता श्रीलंकामाथि सात विकेटको सानदार जित निकालेको छ । चालू विश्वकपमा अफगानिस्तानले पूर्वविजेताद्वय इंग्ल्यान्डलाई ६९ रन र पाकिस्तानमाथि आठ विकेटको जित निकालेको थियो । विश्वकपको ३४औँ खेलमा जित निकालेको अफगानिस्तान अंक तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । अफगानिस्तानले ६ खेलमा तीन जितका साथ ६ अंक जोडेको छ । श्रीलंका चार अंकका साथ छैटौँ स्थानमा झरेको छ । 

पुने रंगशालामा सोमबार भएको खेलमा श्रीलंकाले दिएको दुई सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । अजमुतुल्लाह आजाई र हसमुतुल्लाह साहिदीले चौथो विकेटका लागि एक सय चार बलमा एक सय ११ रनको नटआउट साझेदारी गरेपछि अफगानिस्तानले श्रीलंकालाई निराश पारेको हो । अजमुतुल्लाहले ६३ बलमा ६ चौका र तीन छक्का प्रहार गरी ७३ रन बनाए । साहिदीले ७४ बलमा ५८ रन जोड्न दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

पहिलो ब्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध गतिलो ब्याटिङ गर्न सकेन । सातौँ क्रमका ब्याट्सम्यानले दोहोरो रन बनाए पनि अर्धशतकीय इनिङ्स खेल्न सकेनन् । ओपनर पथुम निसांका र दिमुथ करुनारत्नेले पहिलो विकेटका लागि ५.२ ओभरमा २२ रनको साझेदारी गरेका थिए । दिमुथले २१ बलमा १५ रन जोडे । कप्तान कुशल मेन्डिस र निसांकाले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । निसांकाले ६० बल सामना गरी पाँच चौकाको सहयोगमा ४६ रन जोडेका थिए । 

कुशल र सदिरा समाराविक्रमाले तेस्रो विकेटका लागि ५० रनको अर्धशतकीय साझेदारी इनिङ्स खेल्दै श्रीलंकालाई २७.४ ओभरमा १३४/३ को स्थितिमा राखे । कुशलले ५० बलमा ३९ रन र सदिराले ४० बलमा ३६ रन जोडे । मध्यक्रममा एन्जेलो म्याथ्युसजले २६ बलमा समान एक चौका र छक्का प्रहार गरी २३ रन बनाएका थिए । महिश थिसनाले ३१ बलमा तीन चौका र एक छक्काको सहयोगमा २९ रन बनाए । 

अफगानिस्तानको बलिङमा फजल्हक फारुकले १० ओभरमा ३४ रन खर्चेर सर्वाधिक चार विकेट लिए । मुजिव उर रहमानले ३८ रनमा दुई विकेट हात पारे । रसिद खान र ओमाजैले समान एक विकेट लिए ।

पाकिस्तानका प्रमुख छनोटकर्ताले दिए राजीनामा 
पाकिस्तान क्रिकेट टोलीका प्रमुख छनोटकर्ता इन्जमाम उलहकले सोमबार पदबाट राजीनामा दिएका छन् । भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले खराब नतिजा निकालेपछि इन्जमामले राजीनामा दिएका हुन् । खेलाडीहरूको व्यवस्थापनसँग सम्बन्धित कम्पनीमा साझेदार रहेको उनीमाथि आरोप लागेको थियो । पाकिस्तानी टेलिभिजन समा टिभीको ‘जोर का जोर’ कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा इन्जमामले आरोपपछि आफू पाकिस्तान क्रिकेट बोर्डमा गएको र आरोपमाथि छानबिन गर्न आग्रह गरेको बताएका छन् ।बोर्डले इन्जमाममाथिको आरोपको छानबिन गर्न पाँच सदस्यीय टोलीको समिति गठन गरेको छ ।

 

 

 

 

ad
ad