१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १३ सोमबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७० वर्षीया वृद्धाको हत्यामा संलग्न मंगल गुरुङ कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १२:३३:oo

धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेकी ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका प्रतिवादी मंगल गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

धादिङ जिल्ला अदालतको थुनछेक आदेशले प्रतिवादी गुरुङलाई पुर्पक्षका लागि कारागार कार्यालय धादिङमा पठाएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार टाउको, घुच्चुक, अनुहारको बायाँ भाग, गर्धनको बायाँ भाग र शरीरका विभिन्न भागसमेतमा पटक-पटक धारिलो हरियार प्रहार गरी १३ असोजमा निर्ममतापूर्वक हत्या भएको थियो। हत्या स्वीकार गरेका गुरुङ सुकमायाका भतिजा नाता पर्ने व्यक्ति हुन्।

नेत्रावती डबजोङ गाउँपालिका- ४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। सोधपुछ गर्दा गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको एसपी मिश्रले बताए।

हत्या अनुसन्धान कार्य सम्पन्न गरी सक्कल मिसिल कागजातहरूसहित पक्राउ प्रतिवादी मंगल गुरुङलाई जिल्ला सरकारी वकिल कार्यालय धादिङमार्फत धादिङ जिल्ला अदालतमा पेस गरिएको थियो।