१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगु सामूहिक हत्या प्रकरण : एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४१:oo

जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार मध्याह्न करिब  १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बीचबजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले शंकास्पद  व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रहरी  हत्याराको करिबकरिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका बताएका थिए । प्रनाउ थापाले भने, ‘शंकास्पद र अनुसन्धानको क्रममा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा  लगेको र यकिन र विस्तृत घटनाबारे थप अनुसन्धान भइरहेको छ।’  उनका अनुसार अनुसन्धान सम्पूर्ण कोणबाट भइरहेको र पूरै सबुत प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिनेछ ।

आइतबार नै कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम ढकाल पनि घटनास्थल पुगेका छन् । उक्त घटनाको विस्तृत विवरण बुझ्न, अनुसन्धान कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । उनलाई मुगुका प्रनाउ वीरेन्द्र थापाले घटनास्थलको स्थलगत सम्पूर्ण विवरण पेस गरेका छन् ।

शुक्रबार मुन्दु गाउँकी  २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो । शनिबार नै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको दुईवटा  विशेष सुरक्षा टोली र जुम्लादेखि एउटा विशेष टोली मुगु जिप्रकाका प्रमुखसहितको सुरक्षाकार्मी पाँच दिनदेखि घटनानास्थलमै रातदिन लगातार अनुसन्धानमा खटिए पनि खसै हत्याराको अझै कुनै टुंगो लाग्न भने सकेको छैन ।

यता मृतकहरूको शव परीक्षणका लागि शनिबार राति नै  सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । आइतबार दिउँसोबाट मात्रै शव परीक्षण सुरु गरिएको थियो । सामूहिक हत्या प्रकरणमा पत्नी र तीन छोराछोरी गुमाएका पीडित दीपक  बोहाेराले आफ्नो  परिवारलाई हत्या गर्ने त्यो हत्यारा अपराधी पत्ता लगाई नियन्त्रणमा लिएर सार्वजनिक नगरिँदासम्म आफूले कुनै पनि हालतमा लास नबुझ्ने बताएका  छ्न । ‘परिवारको सुन्दर भविष्यकाे सपना बोकेर  वैदेशिक रोजगारीमा गएको थिएँ, तर आज कुन दुष्ट पापीले मेरो सबै सपना चुँड्यो,’ उनले भावुक हुँदै भने। वैदेशिक रोजगारीमा कतार गएका दीपक एक्कासि पत्नी र तीन छोराछोरीकाे सामूहिक हत्या भएको खबर सुनेपछि  शुक्रबार नै नेपाल फर्केका थिए । शनिबार दिउँसो उनी मुगु पुगेका थिए ।

कात्तिक ७ गते बेलुकी दसैँको टीका लगाउन  पत्नी श्रीदेवी तीन छोराछोरीसहित नजिकै रहेको माइतीगाउँ कोटिल्ला गएकी थिइन् । उनी ८ गते नै माइतीदेखि आफ्नो घर मुन्दु फर्केकी थिइन् । बाटोमा पति दीपकसँग मोबाइलमा भिडियोकल गर्दै घर पुगिन् र त्यसपछि पनि पति दीपक र पत्नी श्रीदेवीबीच लामो कुराकानी भयो । ‘त्यसपछि भोलि बारीको सिमी उखेल्नु छ । काम सकेर भोलि कुरा गरौँला भनिन्, तर त्यसपछि एक्कासि १० गते शुक्रबार मृत्युको खबर आयो । त्यो नै परिवारसँगको अन्तिम कल भयो,’ दीपक भावविह्वल अवस्थामा भन्छन् ।

ad
ad