१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o३:oo

‘टाइम कार्ड’ लागू भएको सडकखण्डमा प्रतिघन्टा ४० किलोमिटर गतिमा सवारीसाधन चलाउने नियम बनाइएको छ । १५ किलोमिटर दूरी पार गर्न २२–२७ मिनेटको समय दिइएको छ । ‘तोकिएको समयभन्दा ढिलो गए पनि कारबाही हुन्छ, छिटो गए पनि कारबाहीको भागीदार हुनुपर्छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ । बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्जदेखि जिरोसम्म १५ किलोमिटर सडकमा ‘टाइम कार्ड’ लागू भएपछि सडक दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए । 

१५ किलोमिटर सडक धागोजस्तै सीधा छ । सीधा भएकाले तीव्र गतिमा सवारीसाधन गुड्ने र सवारीचालक निदाउँदा दसैँका वेला सवारी दुर्घटना हुने गरेको थियो । ‘टाइम कार्ड’ लागू भएको ठाउँमा कुनै सवारी दुर्घटना नभएको सुवेदीले बताए । ‘टाइम कार्ड लागू भएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ,’ उनले भने । 

‘टाइम कार्ड’ लागू भएको सडकखण्डमा प्रतिघन्टा ४० किलोमिटर गतिमा सवारीसाधन चलाउने नियम बनाइएको छ । १५ किलोमिटर दूरी पार गर्न २२–२७ मिनेटको समय दिइएको उनले बताए । ‘तोकिएको समयभन्दा ढिलो गए पनि कारबाही हुन्छ, छिटो गए पनि कारबाहीको भागीदार हुनुपर्छ,’ सुवेदीले भने, ‘तीव्र गतिमा सवारीसाधन चलाउन नपाउँदा आपसमा जुध्ने खतरा रहँदैन । अनियन्त्रित भई दुर्घटना हुने खतरा पनि हुँदैन ।’

‘टाइम कार्ड’ दिने र सवारीचालकले नियम पालना गरे–नगरेको हेर्ने काम बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गरिरहेको छ । नेपाली सेनाले दुईवटा सवारीसाधनलाई एउटा ‘टाइम कार्ड’ दिएर सँगसँगै पठाउने गरेको छ । ‘निकुञ्ज क्षेत्रमा भएकाले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले टाइम कार्डको व्यवस्थापन गरिरहेको छ,’ उनले भने । 

अघिल्लो वर्ष सो सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म १३ सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । यस वर्ष उक्त स्थानमा सवारी दुर्घटना नभएको उनको भनाइ छ । ‘यस वर्ष असोजमा ११ वटा दुर्घटनामा चारजनाको मृत्यु र नौजना घाइते भए । कात्तिकमा दुईको मृत्यु र १० जना घाइते भए । तर, ती सबै पूर्व–पश्चिम राजमार्गभन्दा बाहिर भएका हुन्,’ ट्राफिक प्रहरी निरीक्षक सुवेदीले भने । 

ad
ad