Skip This
दसैँका वेला सामान्य विवाद झडपमा परिणत हुँदा दुई युवाको गयो ज्यान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १० शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १० शुक्रबार २२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँका वेला सामान्य विवाद झडपमा परिणत हुँदा दुई युवाको गयो ज्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १० शुक्रबार २२:२o:oo

दैलेखमा भएका छुट्टाछुटै दुई घटनामा दुई युवाको ज्यान गएको छ । दैलेखको नारायण नगरपालिका– ७ किमुगाउँमा भएको झडपमा परेर नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाही र भैरवी गाउँपालिका– ४ सिलंगी बजारमा भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– २ घर भएका २० वर्षीय किशोर बुढाको ज्यान गएको हो । 

दुवैको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ । विजया दशमीको दिन सामान्य विषयलाई लिएर भएको वादविवाद झडपमा परिणत हुँदा शाही गम्भीर घाइते हुन पुगेका थिए । उनको सुर्खेतमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । झडपमा घाइते भएका अर्का एक युवाको उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शाहीको टाउकोमा चोट लागेको थियो । दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

बिहीबार राति दैलेखको भैरवी गाउँपालिका–४ सिलंगी बजारमा युवाहरूबीच भएको झडपमा परेर घाइते भएका बुढा क्षेत्रीको पनि उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको हो । 

उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको थियो । उनको पनि शुक्रबार मृत्यु भएको दैलेखका प्रहरी प्रमुख लम्सालले जानकारी दिए । सो झडपमा भैरवी गाउँपालिका– ५ सैनचौरका २१ वर्षीय सुमन शाही घाइते भएका छन् । 

एउटा मोटरसाइकलमा चारजना चढेको र होहल्ला गर्दै बजारमा आएको भन्दै स्थानीय युवाहरूले हल्ला नगर्न आग्रह गर्दा सुरु भएको विवाद झडपमा परिणत भएको थियो । 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।