१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ८ बुधबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक ८ बुधबार १८:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङका चार फरक स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक ८ बुधबार १८:२६:oo

धादिङमा आज मात्रै अलगअलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका– ४ चिरौदी पुलनजिक तीन सवारीसाधन एका–आपसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोक्किन पुगेको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका– ६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीया ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए ।

बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका– १४ की ३० वर्षीय सुनिता कार्की, उनकी छोरी तीन वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका– ११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन् । 

त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका– १ का ५५ वर्षीया खुसकुमारी तिमिल्सेना, नाै वर्षीया सन्ध्या तिमिल्सेना, नीलकण्ठ– ११ का ४४ वर्षीया राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन्

थाक्रे गाउँपालिका– २ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीया सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्बी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीनजनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बसचालक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथो हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा.४ख ४१७७ नम्बरको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.२१प ६०९० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए ।

त्यस्तै, बेनीघाट रोराङ– ३ शीतलबजारमा दुई मोटरसाइकल एका–आपसमा ठोक्किँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए ।