१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

द्वारिका नेपाल स्मृति विशेषांक ‘नौलो राँको’ प्रकाशित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:५४:oo

पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा साहित्य संगम चितवनले ‘स्मृति विशेषांक’ प्रकाशन गरेको छ।

साहित्य संगमद्वारा नेपालको स्मृतिमा प्रकाशित ‘नौलो राँको’ बाह्रौँ विशेषांक बिहीबार विमोचन गरिएको हो । साहित्य संगमका पूर्वअध्यक्षसमेत रहेका नेपालको ०७८ असोज ३१ गते भएको अप्रत्याशित असामयिक निधन भएपछि संस्थाले उनको सम्झनामा विशेषांक ‘नौलो राँको’ प्रकाशन गरेको प्रधान सम्पादक शशिकिरण रेग्मीले बताए ।

नेपालका बुबा नीलप्रसाद नेपाल, श्रीमती पार्वती नेपाल, भाइ शालिग्राम नेपालसहित उपस्थित भएका सबैले एकैपटक विमोचन गरेका हुन् । साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको सभापतित्वमा भएको कार्यक्रममा साहित्यिक श्रष्टा एलबी क्षेत्रीले कविता लेख्नु र कविता बुझ्नु फरक विषय भएको बताए । आफूलाई कवि हो भनेर नभनी कविताको गहिराइमा पुगेर लेख्न सक्ने क्षमता द्वारिकामा भएको उनले बताए ।

समालोचक उदय अधिकारी र रमेश प्रभातले नेपालको सरलता र असहजलाई सहज बनाउने क्षमताले नै उनको व्यक्तित्व उचाइमा पुगेको उल्लेख गरे। उनको लेखनशैली उत्कृष्ट र यथार्थ भएको अधिकारीको भनाइ थियो।

कार्यक्रममा साहित्यकार प्राडा होमनाथ सापकोटा, प्रेम रिमाल, डा. धनेश्वर भट्टराई, गणेश श्रमण, बालकृष्ण थपलियाले नेपालको व्यक्तित्वका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालका बुबा नीलप्रसाद नेपालले समयको महत्वलाई बुझेर काम गर्न आफूले दिएको शिक्षाको पालना छोराले गरेको बताए ।

ad
ad