१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

खाद्यले घटायो खसी, बोका र च्यांग्राको मूल्य

खसी–बोकामा प्रतिकिलो २० रुपैयाँ र च्यांग्रामा २५ रुपैयाँले घटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४२:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी–बोका र च्यांग्राको मूल्य घटाएको छ । बिहीबार कम्पनीले बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाएको हो ।कम्पनीले जिउँदो खसी–बोकामा प्रतिकिलो २० रुपैयाँ र च्यांग्रामा प्रतिकिलो २५ रुपैयाँले घटाएको हो ।

यसअघि कम्पनीले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ६० रुपैयाँ र खसी–बोकामा ६ सय ८० रुपैयाँ निर्धारण गरेको थियो । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्री गर्दै आइरहेको थियो ।

अहिले कम्पनीले १० रुपैयाँको छुटमा च्यांग्राको प्रतिकिलो १२ सय ३५ रुपैयाँ र खसी–बोका ६ सय ५० रुपैयाँ निर्धारण गरेको कम्पनीको सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले बजारको अवस्थालाई र उपभोक्तालाई पनि ध्यानमा राखेर मूल्य घटाएका हाैँ ।

हालसम्म १८ सय २२ खसी–बोका र च्यांग्रा ल्याएको छ भने तीन सय ९० वटा खसी–बोका र च्यांग्रा आउन बाँकी रहेको कम्पनीको भनाइ छ । कम्पनीले खसी–बोका र च्यांग्रा गरेर २२ सय १२ वटा ल्याउनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन दिनमा हालसम्म ६ सय ३० खसी–बोका र च्यांग्रा बिक्री गरेको छ । गत ३० असोजदेखि बिक्री थालेको कम्पनीले सो बिक्रीबाट एक करोड ५० लाख रुपैयाँको कारोबार गरेको सुवेदीले बताइन् ।

ad
ad