१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेँसीसहरले दसैँ मनाउन कैदीबन्दीलाई दियो खसी उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

बेँसीसहर नगरपालिकाले कारागारका कैदीबन्दीलाई दसैँका लागि दुईवटा खसी उपहार दिएकाे छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका दुई खसी सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारागारमा पुगेर जेलर कमलापति अधिकारी, कैदीबन्दीका नाइकेलाई उक्त खसी सहयोग  गरेका हुन्। 

नगरप्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन बिताइरहेकाहरू परिवारबाट टाढा रहने भएकाले उनीहरूलाई थोरै भए पनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताए।

नगर प्रमुख अर्यालले नगरपालिकाले चालूतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँको दुईवटा खसी सहयोग गरेको  बताए।

कारागारका जेलर कमलापति अधिकारीले दसैँमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले बेँसीसहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदीबन्दीलाई खुसी थप्ने बताए।

बेँसीसहर नगरपालिकाले गत वर्ष ३० हजार सहयोग गरेको थियो भने प्रत्येक वर्ष दसैँमा सहयोग गर्दै आइरहेको छ। लमजुङ कारागारमा सातजना महिलासहित ८८ जना कैदीबन्दी छन्।