१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : म नै किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५८:oo

विश्व नम्बर १ पूर्वटेनिस खेलाडी आर्थर एस (१० जुलाई, १९४३ – ६ फेब्रुअरी, १९९३), त्यस्ता अश्वेत पुरुष खेलाडी हुन्, जसले विम्बल्डन, अस्ट्रेलियन ओपन र युएस ओपनको उपाधिमाथि कब्जा जमाएका थिए । सानदार टेनिस करिअरपछि उनको जीवनमा यस्तो भयानक मोड पनि आयो, जसमा उनी एचआइभी एड्सजस्तो प्राणघातक रोगका सिकार भए । एक शल्यक्रियाका क्रममा भूलवश संक्रमित रगत चढाइँदा उनी यस्तो रोगको सिकार भएका थिए । 

आर्थर एस एड्ससित जुधिरहेको समयमा विश्वका कुनाकुनाबाट उनलाई सहनुभूतियुक्त पत्र आइरहन्थे । अस्पतालको बेडमा उपचाररत रहँदा एस ती पत्र पढ्थे र सम्भव भएसम्म जवाफ पनि पठाउँथे । एकपटक यस्तै एउटा पत्र एसको हातमा पर्‍यो । एक शुभचिन्तकले पत्रमा लेखेका थिए– तपाईंजस्ता महान् खेलाडीको यो अवस्थाबारे सुन्दा मलाई निकै दुःख लागेको छ । म जहिल्यै तपाईंको सुस्वास्थ्यका लागि भगवान्सित प्रार्थना गरिरहेको हुनेछु । के तपाईंले कहिल्यै भगवान्सित यो प्रश्न गर्नुभएको छैन– भगवान्, यो घातक रोगका लागि म नै किन ?

पत्र पढेपछि एस एकछिन गम्भीर भए र पत्रको उत्तर लेखे– विश्वमा पाँच करोडभन्दा बढी बालबालिकाले टेनिस खेल्न सुरु गर्छन् । उनीहरूमध्ये पाँच लाखजति मात्र व्यावसायिक रूपमा टेनिस सिक्न सफल हुन्छन् । तीमध्ये पचास हजार मात्र टेनिस जगत्मा आउन सफल हुन्छन् । तीमध्ये पाँच हजारले मात्र ग्रान्डस्लाम खेल्ने मौका पाउँछन् । ती ग्रान्डस्लाम खेल्नेमध्ये ५० जना मात्र विम्बल्डनमा पुग्न सफल हुन्छन् । जसमध्ये चारजना मात्र त्यसको सेमिफाइनलमा र दुईजना मात्र फाइनलमा पुग्छन् । यति धेरै मानिसमध्ये विम्बल्डनको उपाधि जितेर ट्रफी उचाल्दै गर्दा जब मैले भगावन्सित ‘म नै किन’ भनेर सोधिनँ भने आज जब म समस्यामा छु, यतिखेर मैले भगवान्सित ‘म नै किन’ भनेर कसरी सोध्न सक्छु ?

ad
ad